लकडाउनको अवधिमा यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
मकवानपुर प्रहरीले हेटौंडाको सिमा चोकबाट एक एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । नटकीय रुपमा दुर्घटनाको घाइते बोकेको भन्दै लकडाउनको अवज्ञा गरी यात्रु बोकेको एम्बुलेन्सलाई प्रहरीले हेटौंडाको सीमाचोकबाट नियन्त्रणमा लिएको हो ।
रौतहटको चन्द्रपुरबाट दुर्घटनाका घाइतेलाई भरतपुर लैजाने भन्दै ३ बालबालिकासहित ७ जना यात्रु लिएर हेटौंडा आइपुगेको उक्त एम्बुलेन्सलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ४ च ८३२ नम्बरको रौतहटको शान्तिनगर टोल विकास नेपालद्वारा संचालित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।
देश लकडाउनको अवधिमा रहेको र यसतो अवस्थामा एम्बुलेन्सले विरामी बोक्न छोडेर यात्रुहरुलाई महगों शुल्क लिएर ओसार प्रसार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ।
प्रहरीले एम्बुलेन्समा सवार बिरामीको विरामी जाचँपुर्जी कागज मागेपछि,जाचँपुर्जी कागज नभएको पाइएपछि नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्समा रहेका यात्रुले भरतपुर जाने र चालकले काठमाडौं जाने बताएका प्रहरिले जनाएको छ ।