पाकिस्तानी धर्म प्रचारक रौतहटको मस्जीद क्वारेन्टाइनमा
धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका उनीहरूलाई जिल्लाको देवाहीगोनाही नगरपालिका–२ को करुनियामा रहेको बाबुल मुरतुजा मस्जिद भित्रै क्वारेन्टाइनमा राखिएको छ ।
गत २२ जनवरीमा नेपाल आएका महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्दफवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरू बसेकै मस्जीदमा क्वारेनटाइनमा राखिएको हो ।
सो टोलीमा रहेका ६० वर्षिय महम्मदयुसुफ खानले आफुहरु केवलधर्म प्रचारको लागि नेपाल आएकोमा बताउदैँ धर्म प्रचार बाहेक अरु उद्धे्रश्य नरहेकोमा जोड बताएका छन् । उनले आफुहरु ९ जनामध्ये ५ जना एउटा गाउँको र ४ जनाअर्कोगाउँको भएको बताए ।
मस्जिद क्वारेटाइनमा रहेका उनीहरुले आफुहरुलाई कोरोनाभाइरस बारेमा ज्ञान भएको र क्वारेटाइनमा बस्ने बताउँदै स्वास्थ्यमा हालसम्म कुनैपनि समस्या नदेखिएको बताएका छन् ।
उनीहरुको निगरानीको लागिमस्जिदमै २४ सै घण्टा प्रहरीको ड्युटि राखिएको छ । प्रहरीले ती पाकिस्तानीनागरिकहरूलाई मस्जिदबाट निस्किएर बाहिर हिड्न दिएको छैन् ।
लकडाउन अगाडिनै विभिन्न धार्मिक कृयालापमा सहभागी हुन नेपालआएका उनीहरुलाई प्रहरीले मस्जिदभित्रै बसिरहन निर्देशन दिएको छ । उनीहरुको भिषाको म्याद सन् २०२० मे १० मा सकिदैछ । उनीहरुलाई सन् २०२० फरवरी १० मापोखराबाट पर्यटक भिषाजारी भएको छ । यो समाचार
रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।