रौतहटका ठेला मजदुरलाई स्थानीय व्यवसायीको राहत 

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १६:०८
;

ठेला चलाउने मजदुरलाई रौतहटका स्थानीय ब्यापारीले राहत उपलब्ध गराएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा ठेला चलाएर जिवीकोपार्जन गर्दै  आएका मजदुरलाई चन्द्रनिगाहपुरका स्थानिय व्यापारीले राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । 

देश लकडाउनमा रहेकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका विपन्न परिवारलाई समस्या परिरहेको छ । चद्रनिगाहपुरमा पनि लकडाउनका कारण दैािक ठेला चलाएर जीवन धान्ने ९ जना व्यक्ति काम नपाएर भोकै बस्नु परेको अवस्था आएकोले स्थानीय ब्यापारीले चामल,दाल,चिनी लगाएत आठ प्रकारका समाग्री राहत स्वरुप दिएको व्यवसायी राजेन्द्र तिवारीले जानकारी दिएका छन् । 

ठेला चलाएर जिवीका चलाउदै आएका ९ जना मजदुराई स्थानीय ९ जना व्यापारीले व्यक्तिगत रुपमा रकम संकलन गरेर राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको व्यवसायी शिवजी कलवारले बताए । 

कोरोनाको महामारीका बिच ठेला मजदुरको घरमा चुलो बल्छ छाडेपछि स्थानीय ब्यपारीले ठेला मजदुरलाई राहतका रुपमा चामल ३० किलो ,दाल २ किलो ,नुन १ प्याकेट, तेल १ प्याकेट, चिनि १ किलो, चियापत्ति १ प्याकेटका दरले प्रदान गरिएको हो ।

स्थानीय ब्यपारी राजु तिवारी, मोहन बस्नेत, बिष्णु न्यौपाने, दिनेश पोखरेल ,शिवजी कलवार, योग प्रसाद पन्त र श्याम सिँहले प्रति व्यक्ति २ हजार ३ सय ९१ रुपैयाका दरले पैसा संकलन गरेर राहत उपलब्ध गराएका थिए ।

रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*