प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ
प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा अध्यक्ष ललित साह पक्राउ परेका हुन् ।
लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो । भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुव्र्यवहार गरेको र अन्य व्यापारी बोलाएर हात नै हालेको प्रहरी जनाएको छ ।
अध्यक्ष साहमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपीक्षक रामेश्वर कार्कीले जानकारी दिए।