रक्सी सट्टा सेनिटाइजर पिएपछि ३५ वर्षीय युवाको मृत्यु 

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २०:३१
;

रक्सीका अम्मली एक ३५ वर्षीय व्यक्ति लकडाउनका कारण हैरान थिए । अन्तत उनले तलतल मेट्न सेनिटाइजर पिए । घटना भारतको दक्षिणी राज्य तमिलनाडुको हो ।

 सेनिटाइजर सेवनकै कारण यी व्यक्तिको मृत्यु भएको छ । बनार्ड नामका यी व्यक्ति क्वेम्बाटोर शहरका बासिन्दा रहेको इन्डिया टुडेले जनाएको छ ।

उनी ग्यास सिलिन्डर डेलिभरी गर्न गर्थे । उनको कार्यालयले नै हातमा लगाउनका लागि सेनिटाइजर उपलब्ध गराएको थियो । 

लकडाउनका कारण तमिलनाडुमा रक्सी पसलहरु बन्द छन् । जसकाकारण बनार्डलाई आफ्नो लत छाड्न निकै मुस्किल परेको थियो ।

बनार्डकी श्रीमती प्रियाका अनुसार उनी यो घटना हुँदा घरै थिइन् र लगत्तै श्रीमान्लाई अस्पताल लिएर गएकी थिइन् । अस्पतालमा उनलाई मृत घोषणा गरियो ।

यस विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*