छोराले गरे बाबुको हत्या 

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २०:५१
;

हसिया प्रहार गरि बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहार गरी हत्या गरेका हुन् । 

प्रारम्भिक जानकारी अनुसार घरायसी विवादमा छोराले बुवामाथि हसिया प्रहार गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिएका छन् ।  पक्रा गरिएको रानामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*