बैशाखमा विहे गरे कारवाही हुने

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २१:१९
;

भोलि सोमबारबाट २०७७ साल शुरु हुदैँ छ । बैशाखमा हिन्दु धर्म अनुसार विवाह, ब्रतवन्धको विशेष महिना पनि हो । उमेर पुगेको महिला पुरुषबीच विवाह हुने र बैशाख महिनामा विवाह गर्न पर्खेर बसेका पनि हुन्छन् ।

तर, कोरोना संक्रमणको कारण डोटीको जोरायल गाउँपालिका–२ भित्र बैशाख महिनामा वैवाहिक कार्यक्रम गरे कारवाही हुने भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ मा मानिसहरुको आवतजावत हुने, भीडभाड हुने र सो कारण कोरोना संक्रमण हुन सक्ने सम्भावनाको कारण बैशाखमा विवाह तथा व्रतबन्ध मेला, भोजभतेर गरे कारवाही हुने वडा कार्यालयले गत शुक्रवार सार्वजनिक सूचना जारी गरी गर्न पूर्ण बन्देज लगाएको छ । 

""

वडा कार्यालयका अनुसार अर्को सूचना जारी नभए सम्मका लागि यस्ता कार्यक्रमहरुमा पूर्ण बन्देज लगाउदै नियमको पालना नभए कारबाही गरिने सूचनामा जनाएको छ ।

वडाध्यक्ष मानबहादुर मल्लका अनुसार कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको जोखिम उच्च हुने भएकाले सो निर्णय गरेको जनाएका छन् ।

यस वर्षको बैशाख महिनामा सात दिन वैवाहिक साईतहरु रहेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*