१ सय ३३ जना स्वास्थ्यकमीहरुलाई कोरोना संक्रमण भएपछि अस्पताल बन्द 

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २१:५५
;

अस्पतालमा कार्यरत चिकित्सकसहित ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुलाई नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण देखिएपछि अस्ट्रेलियाको तासमेनियास्थित दुई अस्पताल बन्द गरिएका छन् । 

सरकारले उक्त दुई अस्पताल दुई साताका लागि बन्द गर्न निर्देशन दिएको हो । नर्थवेस्ट रिजनल हस्पिटल र नर्थवेस्ट प्राइभेट हस्पिटलका करिब एक हजार स्वास्थ्यकर्मीहरुलाई क्‍वारेन्टाइनमा राखिएको जनाइएको छ । 

तासमेनियामा हाल १३३ जनालाई कोरोना संक्रमण भएकोमा ४९ जना अस्पतालसँग सम्बन्धित रहेको जनाइएको छ । अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३०३ पुगेको छ भने ५९ जनाको मृत्यु भएको छ । – बीबीसी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*