वीरगञ्जमा कोरोना संक्रमण, भोलिबाट मकवानपुरमा तरकारी आयात बन्द
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि बैशाख १ गतेबाट मकवानपुरमा तराईका जिल्लाहरुबाट तरकारी ल्याउन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आज बसेको कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो ।
तरकारी, फलफूलको माध्यमबाट पनि कोरोना संक्रमण हुने भएकोले सो निर्णय गरिएको जनाईएको छ । तराईको पर्सा जिल्लामा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि मकवानपुर जिल्लामा ढुवानी गरी ल्याउने तरकारी, फलफूलमा प्रतिबन्ध गरिएको हो ।
आज बसेको बैठकले जिल्लामा तरकारी तथा खाद्य सामग्रीको पसल पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र खोल्न पाउने निर्णय पनि गरेको छ ।










