सामूहिक कुटाइबाट पाख्रिनको मृत्यु, कुटपिट गर्ने डिम्दुङ पक्राउ

सामुहिक कुटपिटबाट मकवानपुरको इन्द्रसरोवरमा एक जनाको मृत्यु भएको छ । सामुहिक कुटपिटबाट गम्भीर घाइते भएका इन्द्रसरोवर गाउँपालिका–४ फाखेलका ४० वर्षीय पाख्रीनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत चैत्र १६ गते आपसी लेनदेनको विषयमा विवाद हुँदा पाख्रिनलाई उनकै छिमेकी ३२ वर्षीय प्रदिप डिम्दुङ सहित भक्त बहादुर गोलेको समूहले कुटपिट गरेको थियो ।
कुटपिट पछि घाइते भएका पाख्रिनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि डिम्दुङ फरार भएका थिए । फरार रहेका डिम्दुङलाई मकवानपुर प्रहरीले शनिबार राति पक्राउ गर्न सफल भएको छ ।
घटनामा संलग्न अन्यको खोजि भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी सुजन पाठकले बताए ।