वैज्ञानिकको नयाँ खुलासाः कतै ‘नेगेटिभ पेसेन्ट’ले कोरोना लिएर घुमिरहेका त छैनन् ?

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २२:४३
;

 संसारमा कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ९ हजार ६६१ जनाको ज्यान गएको छ भने, १७ लाख ९० हजार ५७३ जनामा संक्रमण भएको छ । त्यस्तै ४ लाख ९ हजार ५४० जना स्वास्थ्य उपचार पछि निको भएका छन् ।

यसैबीच वैज्ञानिकहरुले अहिलेसम्म कोरोनाको परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएकोमा केहि समस्या नभएको तर अब भने सारा विश्वमा चिन्ता थपिएको छ ।

वैज्ञानिकहरुले परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आयो भन्दै उसमा कोरोनाको कुनै संक्रमण नै छैन भन्न नसकिने बताएका छन् ।

वैज्ञानिकहरुले रिसर्च पछि भनेका छन्, ‘कोरोना परिक्षणमा टेस्ट रिपोर्ट नेगेटिभ आउनुको मतलव त्यस व्यक्तिमा कोरोना नै छैन भन्ने नभएको र उ कोरोनाबाट सुरक्षित छ, भनेर भन्न सकिने अवस्था छैन ।’

वैज्ञानिकले चेतावनी दिँदै भने, ‘केहि देशहरुमा यस्ता केसहरु पनि आएका छन्, जस्तै कोरोना संक्रमित व्यक्तिको पहिलो परिक्षणमै रिपोर्ट नेगेटिभ आएको छ । त्यस्ता केहि संक्रमितहरु थिए, जसलाई खोकी लाग्ने, श्वास फेर्न असहज हुने, तीव्र ज्वरो आउने जस्ताा लक्षण देखिएको थियो । तर उनीहरुको टेस्ट रिपोर्ट नेगेटिभ आयो र पछि फेरी उनीहरुको दोश्रो टेस्टमा रिपोर्ट पोजेटिभ देखियो ।’

पछिसम्म रहन्छ संक्रमणको खतरा

अमेरिकाको मिनेसोटामा मेयो क्लिनिकका संक्रामक रोग विशेषज्ञ प्रिया संपतकुमारले टेस्ट प्रणालीबाट नै सबै कोरोनाको संक्रमण भएको र नभएको कुरा पत्ता लाग्न नसक्ने बताएका छन् ।

उनले भने, ‘वर्तमान समयमा रहेको कोरोना टेस्ट प्रणालीबाट सबै संक्रमितहरुको पत्ता लाग्न सकेको छैन,अहिलेसम्म पोलीमेरेज चेन रिएक्सन अर्थात् आरटीपीसिआरबाट नै कोरोनाको परिक्षण हुँदै आएको छ । यो टेक्निकबाट नै कोरोना भाइरसको संक्रमण पत्ता लाग्दछ । तर विश्वका बिभिन्न कम्पनीहरुले फरक फरक परिक्षणका उपकरण बनाएका छन्, त्यसैले सबै वास्तविकता आउँछ भन्न सकिहाल्ने अवस्था छैन ।’

अमेरिकाको संस्था ‘सेन्टर फर डिजील कन्ट्रोल एण्ड प्रिभेन्सन’ (सीडीसी) ले कसैमा ‘स्याम्पल’ लिएको बेला संक्रमण नभएको कारणले गर्दा पनि टेस्ट रिपोर्ट नेगेटिभ आएको हुनसक्ने बताएको छ ।

६० देखि ७० प्रतिशतमा संक्रमित हुनेको खतरा

चीनको शुरुवाती रिपोर्टका अनुसार, कसैलाई संक्रमित भएको बेला पहिलो रिपोर्ट नेगेटिभ पाइयो भने दोश्रो रिपोर्टमा ६० देखि ७० प्रतिशत पोजेटिभ आउन सक्ने सम्भावना रहेको बताइएको थियो ।

संसारमा बनेका बिभिन्न कम्पनीहरुका टेस्ट किटका कारण फरक-फरक परिणाम आउन सक्दछ । यस्तो अवस्थामा वास्तविक कुरा पत्ता लगाउन मुश्किल पर्दछ रिपोर्टमा उल्लेख छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*