नेपालमा ८ हजार बढिकोे कोरोना परीक्षण, १२ जना संक्रमित

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २२:५०
;

नेपालमा हालसम्म ८ हजार ५ सय ५ जनाको कोरोना परीक्षण गरिसकेको छ । उपत्यका र उपत्यका बाहिर गरी देशभर पीसीआर र र्यापिड किटबाट ८ हजार ५ सय ५ जनाको कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले हालसम्म देशभरमा पीसीआर र र्यापिड किटबाट ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिसकेको र परिक्षण गरिएका मध्ये १२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । 

हिजो थप ३ जनामा कोरोना संक्रमण देखिए पछि कोरोना संक्रमितको संख्या १२ पुगेको हो । एक सातापछि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । 

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयमा रहेको मस्जिदमा शंकास्पद रूपमा बस्दै आएका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय पुरुष रहेका छन्। तिनै जना भारतीय नागरिक रहेको प्रवक्ता डा. देवकोटाकाले जनाएका छन् ।

तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 

शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*