कोरोना संक्रमित फेला परेको क्षेत्रलाई सिल गर्न प्रदेश सरकारको निर्देशन

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २३:०२
;

वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । छपकैयामा ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमण फैलिन नदिनको लागि सो क्षेत्रलाई पूर्णरुपमा सिल गर्न प्रदेश २ सरकारले निर्देशन दिएको हो ।

संक्रमितहरुको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न निर्देशन दिईएको समाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यस मध्येका ३ जनामा कोरोन संक्रमण पुष्टि भएको हो ।
संक्रमित तीनै जना भारतीय नागरिक हुन्। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*