नेपालमा करिव ८ हजार क्वारेन्टाइनमा , ८५ जना आइसोलेसनमा

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २३:०५
;

नेपालमा अहिलेसम्म ७ हजार ९ सय ७३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । देशभरमा हाललेसम्म ७ हजार ९ सय ७३ जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको हो ।

मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले काठमाडौं सहित देशका सातै प्रदेशमा ति व्यक्तिलाई उपचारका लागि क्वारेन्टाइन राखिएको बताए । 

प्रवक्ता डा. देवकोटाका अनुसार उपत्यकामा १५ र उपत्यका बाहिर ७० गरेर ८५ को आइसोलेसनमा उपचार भइरहेको जनाएका छन् ।

त्यस्तै सबै प्रदेशमा पीसीआर मेसिनलगायत र्‍यापिट टेष्ट किट सबै जिल्लामा पुगिसकेकाले परीक्षणको दायरा वढेको प्रवक्ता डा. देवकोटाले बताए । धेरै जिल्लामा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आउने क्रम जारी रहेको उनको भनाइ छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*