मकवानपुर प्रहरीलाई ३० कार्टुन पानी सहयोग

हेटौंडाको स्कूल रोडमा रहेको मनकामना इन्ष्टिच्युटले आज जिल्ला प्रहरी कार्यालय, मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरलाई ३० कार्टुन पानी सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सन्त्रासका कारण लकडाउन गरिएको र सो लकडाउन पालना गराउन अग्रमोर्चामा खटिएको नेपाल प्रहरीका लागि सो सहयोग उपलब्ध गराईएको सो इन्ष्टिच्युटका व्यवस्थापक रुपक पौडेलले बताएका छन् ।
लकडाउनको समयमा बजार पनि बन्द हुने र घाममा खटिएको प्रहरीलाई पानी पिउन पनि कठिन हुने भएकाले मानवीयताका लागि सहयोग उपलब्ध गराएको इन्ष्टिच्युटले जनाएको छ ।











