नयाँ वर्षलाई कोरोनामाथि जीतको वर्ष बनाऔँः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ समृद्धि र दीगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा स्थापित गर्न आग्रह गरेका छन् ।
नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन्।
जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गरेका छन् । उनले भनेः कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्।