बागलुङमा अर्कि महिलामा कोरोना संक्रमण भएको आशंका
कोरोनाको परीक्षणका लागि बागलुङमा भइरहेको र्यापिड टेष्टका क्रममा काठेखोला गाउँपालिकामा एक शंकास्पद बिरामी फेला परेका छन् ।
केहि दिन अघि तीर्थयात्रामा भारतबाट फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राविधिकहरुले जानकारी दिएका छन् ।
आइतवारसम्म ८५८ जनामा र्यापिड टेस्ट गरिएको छ ।
किटले पोजेटिभ वा नेगेटिभ देखाए पनि परीक्षण भएकामध्ये १० प्रतिशतको स्वाबसमेत संकलन गर्ने भन्ने निर्देशन छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘शंकास्पद सबैको थ्रेट स्वाब परीक्षण भएपछि मात्रै कोरोना भए नभएको जानकारी हुन्छ ।’
जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्य प्राविधिक खटाएर विदेशबाट आएका र शंकास्पद विरामीहरुको जाँच भइरहेको छ ।