वीरगञ्जबाट कैलाली पुगेकी महिलामा पनि कोरोना

यो बर्षको पहिलो दिन आज १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा गरिएको र्यापिड टेष्टको क्रममा एक ६० बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
कैलाली लम्कीचुहा अस्पतालका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर–१ की महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
र्यापिड टेष्टमा कोरोना संक्रमण देखिएपछि उनको पुन परीक्षणका लागि थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाईएको जनाईएको छ । परिक्षणको अन्तिम नतिजा आजै आउने बताइएको छ ।
उनी सहित उनको परिवारका सदस्यहरु केहीदिन अघि वीरगञ्जबाट कैलाली फर्किएको बुझिएको छ ।










