रौतहटमा क्वारेनटाइनबाट घर फर्किनेले कोरोनाबारे जनचेतना फैल्याउने 

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार १८:५५
;

जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेनटाइनबाट ३२ जना अवधि पूरा भएर आफ्नो घर फर्किएका छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ मा स्वर्गीय शेर बहादुर दर्लामी स्मृति खेल मैदानको क्वारेनटाइनमा १४ दिनको अवधि पूरा भइ घर फर्किएका हुन् ।

सो क्वारेनटाइनमा रहेका ५० जनाको स्वाव परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा ४६ जनाको रिर्पोट कोरोना नेगेटिभ आएको ,  तीनजनाको रिर्पोट नआइसकेको र एकजनाको स्वाव लैजानै क्रममा बाटोमा बिग्रिएको थियो ।

बसेका मध्ये कोरोना रिपोर्ट नेगेटिभ आएका र १४ दिन पूरा गरेका ३२ जना घर फर्किएका छन् । उनीहरुलाई सम्बन्धित स्थानियनिकायहरुको प्रतिनिधिको रोहवरमा छाडिएको थियो ।
क्वारेनटाइनबाट घर फर्किएकाहरुले गाउँमा गएर कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउने बताएका छन् । 
आफुहरुले क्वारेनटाइनमा बस्दा कोरोनाभाइरसको बारेमा धेरै कुराहरु थाहापाएको र आफुहरुले सिकेका कुराहरु गाँउमा गएर गाउँलेहरुलाई पनि सिकाउने बताएका छन् । 

रौतहटमा हालसम्म १९ महिला सहित २ सय ४२ जना विभिन्न क्वारेनटाइनमा बस्दै आइरहेका छन् । जसमध्ये १ सय १७ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय प्रमुख किरणनिधि तिवारीले जानकारी दिएका छन् ।

जिल्लामा हालसम्म २५ वटा आइसोलेसन बेड र ६ सय ५१ वटा व्यक्तिगत सुरक्षा यन्त्र (पिपिइ) रहेका छन् ।
रौतहटबाट सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा  तयार पारिएको समाचार  । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*