कोरोना संक्रमित महिलासँग यात्रारतको प्रहरीद्वारा खोजी

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २०:४४
;

कैलालीको एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएकाहरुको खोजी कार्य शुरु गरिएको छ ।

गत चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको जानकारी आएकाले बाँकी अन्यहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताएका छन् ।

उनका अनुसार महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको र अन्यलाई भेट्टाउनासाथ क्वारेन्टाइनमा राखिने जानकारी दिएका छन् । 

अहिले महिलाको १६ जना आफन्तलाई  लम्की क्वारेन्टाइनमा राखिएको छ भने बाँकी १७ जनाको खोजी भईरहेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*