हेटौंडामा बिहान ९ बजेसम्म मात्रै पसल खुल्ने 

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २१:०६
;

हेटौंडामा अबदेखि बिहान मात्र पसल खुल्ने भएको छ । लकडाउनलाई थप प्रभावकारी बनाउने उदेश्यले भोलि मंगलबार देखि बिहान ६ बजेदेखि ९ बजे सम्म मात्र खाद्यन्न पसल तथा तरकारी पसलहरु खोल्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र अत्यावश्यक सामग्री किन्न पसल खुला राख्ने निर्णय भएकोमा सो निर्णय रद्ध गरी पसल खोल्ने समय घटाएको हो । 

आज बसेको कमाण्ड पोष्टको बैठकले खाद्यन्नहरु बोकेर हेटौंडा आउने सवारीसाधनमा डिसस्फेक्सन स्प्रे गरिने र भोलि मंगलबारबाट बिहान ९ बजे सम्ममा अत्यावश्यक सामग्री किनमेल गर्न सर्वसाधरणलाई आग्रह गरेको छ । 

बैठकले भोलिबाट लागु हुनेगरि औषधीजन्य पदार्थ किन्न बाहेक अन्य अवस्थामा मोटरसाईकल चलाउन समेत प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*