समस्या परे फारम भर्नुस, थाहानगरले सहयोग गर्छः मेयर विष्ट

लकडाउनमा नगरवासीको समस्यालाई सहयोग गर्नका लागि मकवानपुरको थाहा नगरपालिकाले अनलाइन सर्भे सुरु गरेको छ । देशको कुनै ठाउँमा नगरवासी अलपत्र परे वा समस्यामा परे उनीहरुको सहयोगका लागि नगरपालिकाले हिजो आइतबारदेखि अनलाइन सर्भे सिस्टमको सुरुवात गरेको हो ।
नगरपालिकाले गुगल अनलाइन फारम मार्फत् विभिन्न प्रश्नावली राखेर सर्भे गर्ने भएको हो । देश लकडाउनको अवस्थामा रहेकोले नगरवासी देशको कुनै पनि ठाउँमा समस्यामा परे उनीहरुको सहायता गर्ने उद्देश्यले अनलाइन सर्भे सिस्टम सुरु गरेको नगर प्रमुख मेयर लवशेर विष्टले बताए ।
नगरपालिको स्थायी बासिन्दाहरु विभिन्न कामका शिलशिलामा नगर बाहिर पुगेर समस्यामा परेको खण्डमा अनलाइन फारम भरेको आधारमा सहयोग प्रदान गर्ने मेयर विष्टको भनाई रहेको छ ।
यो सर्भेले थाहा नगरका बासिन्दा बाहिर कति छन् भन्ने तथ्यांक पनि आउने नगरपालिकाको अपेक्षा रहेको छ ।










