राहत वितरणमा भेदभाव गरेको भन्दै वडाध्यक्ष माथि कुटपिट
राहत वितरण गर्न गएका सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्ष कुटिएका छन् । राहत वितरणमा राहत वितरणका लागी इनरुवा ८ स्थित दलित बस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डलमाथि कुटपिट भएको हो ।
राहत वितरणमा भेदभाव गरेको भन्दै स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए ।
बस्तीमा हुनेखानेलेसमेत राहत मागेको तर आफूले अतिविपन्नलाई मात्र राहत दिने बताएपछि केही मानिसले हातपात गरेको बताएका छन् ।