रौतहटमा पनि कोरोना संक्रमित फेला परे, संक्रमितको संख्या १४ पुग्यो 

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २२:२१
;

रौतहटमा १९ वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले केही बेर अघि जानकारी दिएका छन् । क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ । 

आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा पनि र्यापिड टेष्टको क्रममा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन्। 

हिजो साँझ सम्म १२ जना संक्रमित रहेकोमा आज दुईजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*