सुखद् खबरः कोरोनाको औषधीको परीक्षण उत्साहजनक
कोरोना भाइरसको बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक नतिजा सकारात्मक आएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोनाका बिरामीहरुमा गरिएको औषधीको परीक्षणले उत्साह थपिएको जनाएको छ ।
संक्रमितहरुलाई भाइरसविरुद्धको रेम्डेसिभिर नामक औषधी दिइएकोमा दुई तिहाइलाई सो औषधीले फाइदा गरेको र सुधार भएको बताइएको छ।
वैज्ञानिकहरूले थप अध्ययन भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्। यस औषधीको परीक्षणको परिणाम आउन केही साता लाग्ने बताईएको छ ।