भीमफेदी– कुलेखानी सडकका रुख काट्न वन मन्त्रालयको अनुमति

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २३:२६
;

भीमफेदी– कुलेखानी सडकका रुख काट्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिएको छ । सडक विस्तारका क्रममा सडक खण्डमा पर्ने केहि रुखहरु काट्नु पर्ने भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाले वन मन्त्रालयसंग अनुमतिको माग गरेको सोहि अनुसार वन मन्त्रालयले अनुमति दिएको हो ।

वन मन्त्रालयले हिजो आइतबार सडक विस्तारका लागि त्रिभुवन राजपथको नौविसेदेखि भैँसे, मदन भण्डारी राजमार्गको छैमले र भीमफेदी– कुलेखानी सडकखण्डमा सडक विस्तारको क्रममा सडक खण्डमा पर्ने केहि रुखहरु काट्न गर्न अनुमति प्रादान गरेको हो । 

वन मन्त्रालयको अनुमतिसंगै वन विभाग काठमाण्डौं टोलीले बैशाख २ गतेबाट सडक खण्डका रुखहरुमा टाँचा लगाई संख्या एकिन गर्ने काम सुरु गर्ने भएको छ । भौतिक पुवाधार मन्त्रालयले लकडाउनको अवधिमा भीमफेदी– कुलेखानी सडक निर्माणको कामलाई तीव्रता दिएको छ ।

भौतिक पुवाधार मन्त्रालयले ३२ करोड लागतमा मोतिदान कन्स्ट्रक्सनलाई सडक निर्माण तथा विस्तरको जिम्मा दिएको थियो ।

निमार्ण कम्पनिले काम सुरु गरेदेखि नै भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले पटक पटक उक्त सडकको स्थलगत अनुगमन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*