रौतहटका संक्रमित युवकलाई उपचारमा समस्या, जिल्लामा कोरोना उपचार नहुने
कोरोना संक्रमित १९ वर्षीय युवकको रौतहटमा उपचार नहुने भएको छ । रौतहट जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड तयार नभएकाले उनलाई उपचार गर्न समस्या भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार ती युवकलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
रौतहटमा कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण हालसम्म नरहेको जनाईएको छ । नेपाल सरकारले जनकपुर र वीरगञ्जमा मात्र कोभिड अस्पताल तोकेको छ ।
संक्रमित युवक दुई साता अघि भारतबाट आएको बुझिएको छ ।