नेपालमा करिब ११ हजारको कोरोना परिक्षण, १४ जनामा कोरोना पुष्टि
नेपालमा हालसम्म १० हजार ९ सय ८२ जनाको कोरोना परिक्षण गरिएको छ भने १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर सोमबारसम्म १० हजार ९ सय ८२ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको र सो परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
प्रवक्ता डा. देवकोटाकाले हालसम्म मन्त्रालयले ५ हजार ६ सय ९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्यापिड किट विधिबाट परीक्षण गरिएको जनाएका छन् ।
डा. देवकोटाले र्यापिड कीटबाट ५२ जिल्लामा परीक्षण गर्ने कार्य भइसकेको बताएका छन्। उक्त कीट सात प्रदेशमा ५ हजारका दरले वितरण गरिएको उनले बताए ।
प्रवक्ता डा. देवकोटाका अनुसार देशभर हालसम्म ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ३ जना आइसोलेशनमा रहेको बताएका छन्।
उनले उपत्यका भित्र ९ जना र उपत्यका बाहिर ९४ जना गरि १ सय ३ जनाको आइसोलेशनमा उपचार भइरहेको बताए ।