बागलुङकी महिलाको कोरोना पुन: परिक्षणको रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार ०२:५४
;

बागलुङकी महिलाको कोरोना संक्रमणको पुन: परिक्षणको रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको ती महिलाको पोखरामा पुन: परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

बागलुङमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पोखरामा पुनःपरिक्षण गर्दा नेगेटिभ देखाएको छ ।

स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । उनले भने, पुनःपरिक्षणको लागि महिलाको स्वाब पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

बागलुङमा यसअघि नै दुई जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको छ । संक्रमित भनिएकी महिला केही समय अघि तिर्थ यात्रामा गएर आएकी थिइन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*