आजको मौसम पूर्वानुमानः  हावाहुरी र चट्याङसहित वर्षा हुने

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १३:१९
;

हाल देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मध्य भूभागमा हल्का बर्षा भैरहेको छ  र देशको मौसम खराब रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसोको समयमा पहाडका सबैजसो स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । मध्य र पूर्वी हिमाली क्षेत्रमा हिमपात हुनेछ । 

महाशाखाले देशको मध्य र पूर्वमा र पश्चिमी पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*