लकडाउन लम्ब्याउने तयारी, ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
२ बैशाख २०७७, मंगलवार १४:०७

विश्व्यापी रुपमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका सरकारले लकडाउन थप्ने तयारी गरेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको जनाईएको छ ।
लकडाउन सम्बन्धी थप छलफलका लागि आज मंगलबार बिहान ११ बजे मन्त्रीपरिषद बैठक बोलाईएको छ । कोरोनाको जोखिम उच्च रहेको कारण नेपाल सरकारले पहिलो चरण चैत ११ बाट देशभर लकडाउन घोषण गरेको थियो ।











