भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ३ सय बढी
भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट १० हजार ४ सय ५३ जना संक्रमित भएका छन् ।
त्यस्तै एकैदिन २७ जनाको मृत्यु भएको छ । यसैसँग मृत्यु हुनेको संख्या ३ सय ५८ जनाको मृत्यु भएको छ ।
आइतबार भारतमा ७ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए भने ४३ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ८ सय ४६ जना नयाँ कोरोना संक्रमित भेटिदा ३९ जनाको मृत्यु भयो ।
भारतमा पछिल्लो एक सातमामा कोरोनाको संक्रमण दोब्बरभन्दा बढिले बढेको छ ।