नेपाली पौडीबाज गौरिकाको परिवार क्वारेन्टाइनमा, पितालाई कोरोना संक्रमणको आंशका 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १६:०९
;

कीर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहकाकी पितालाई कोरोना संक्रमण भएको आंशका गरिएको छ । पितालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका भएपछि पूरै परिवार क्वारेन्टाइनमा बसेको छ । 

गौरिकाको परिवार क्वारेन्टाइन बस्ने अवधि पूरा भएपछि उनले आफूहरु क‍्वारेन्टाइनमा बसेको जानकारी दिएकी हुन् ।

उनले नेपाली नयाँ वर्षकै दिन आफ्नो परिवारको १४ दिने क्वारेन्टाइन पूरा भएको जानकारी दिएकी छिन् । उनले फेसबुकमार्फत नयाँ वर्षको शुभकामना दिँदै नयाँ वर्षकै दिन आफुहरुको क्वारेन्टाइन अवधि पूरा भएको खुलासा गरेकी हुन् ।

गौरिकाका पिता पारस सिंह डाक्टर हुन् । उनी पनि कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका छन् । यही क्रममा उनीमा कोरोनाभाइरसको लक्षण देखिएपछि संक्रमणको आशंकामा पूरै परिवार क्वारेन्टाइनमा बसेको उनले उल्लेख गरेकी छिन् ।

उनले यो २ हप्ताको अवधि निकै डरलाग्दो भएको बताएकी छिन् । पूरै परिवारको फोटो पोस्ट गर्दै उनले अहिले भने उनका पिता रिकभर भएको बताएकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*