सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १९:५५
;

सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । र्यापिड पिड डायग्नोष्टिक टेष्टमा कोरोना संक्रमण देखिएका उनीहरुमा पीसीआर परीक्षणबाट पनि संक्रमण रहेको पुष्टि भएको हो ।

लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको  ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । 

आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*