पानी ट्याङ्करको ठक्करबाट ५० वर्षीय विष्णुको मृत्यु 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २०:३९
;

बालाजुमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले साइकल ठक्कर दिँदा काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएका चौलागाईंलाई  ग्रिन सिटी अस्पतालमा उपचारका लागि पठाइएतापनि उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले पानी ट्याङकर चालक ओखलढुङ्गाका २१ वर्षका गणेश गजुमेरलाई नियन्त्रणमा लिईएको  ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठ जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*