छतबाट हामफालेर भागेकालाई पुनः क्वारेन्टाइनमै फर्काइयो

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २०:४३
;

कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः आज क्वारेन्टाइनमा राखिएको छ ।

गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए। 

“दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ”, उनले भने। क्वारेन्टाइनको सुरक्षार्थ दुई जना शुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् ।

क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*