दाङमा कोरोना संक्रमित फेला पर्यो भन्दै अफवाह फैलाउने न्यौपाने पक्राउ 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २०:५९
;

सामाजिक सञ्जालमा कोरोना भाईरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१५ का २८ वर्षीय दीपक न्यौपाने रहेका छन् । 

 उनले फेसबुकमा दाङमा पनि कोरोना संक्रमित भेटिएको भन्दै लेखेका थिए । कोरोना भाइरसका कारण मुलक नै संन्त्रासमा रहेको बेला  तथ्यहीन र भ्रामक कुरा फेसबुकमा लेखेर त्रास फैलाएको भन्दै उनलाई मंगलबार पक्राउ गरिएको हो ।

न्यौपानेले बिहान ८ बजे फेसबुकमा उक्त कुरा लेखेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता डिएसपी सुमित खड्काले जनाएको छ । 

न्यौपानेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*