कोरोनाबाट मृत्यु भएकाको शव एक मिटरको दुरीबाट मात्र हेर्न पाउने, पोष्टमार्टम गर्न नपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कार्यविधि बनाएको छ ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन भनिएको छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने, शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
चैत्र २५ गते जारी उक्त कार्यविधिमा मृृतकका आफन्तले शव चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।











