कोरोना संक्रमित भेटिएपछि रौतहटमा त्रास, भारतबाट आएकाको खोजी गर्न स्थानियको माग

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २१:५८
;

रौतहटमा एक युवकमा कोरोना संक्रमण देखिएपछि जिल्लावासीमा त्रास बढेको छ । रौतहटको इशनाथ नगरपालिकाको क्वारेटाइनमा बसेका एक १९ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएपछि रौतहट जिल्लामा त्रासको माहोल बनेको हो ।

इशनाथ नगरपालिकाको श्री जनता मा.वि औरेयाको क्वारेनटाइन राखिएका ती युवकको सहित यन्य २५ जनाको स्वाव टेष्ट गर्दा ती युवकमा मात्र कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित युवक इथनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरका स्थानिय हुन ।

जिल्लामा कोरोना संकमित भेटिन थालेपछि स्थानियहरु त्रसित बनेका भन्दै जिल्लामा भारतबाट लुकिछिपी अन्य मानिसहरु आउने क्रम नरोकिएकोले यस तर्फ स्थानिय प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले जिल्लामा भारतबाट लुकिछिपी आएका अन्य व्यक्तिहरु पनि भएको हुनसक्ने भन्दै स्थानिय प्रशासनलाई कडाइ साथ खोजी कार्य गर्न माग गरेका छन् ।

""

रौतहटका कोरोना संक्रमित युवक पनि लकडाउनको समयमा भारतबाट नै आएको पाइएको छ । इथनाथ नगरपालिकाका स्थानिय मुस्लिम समुदायका ती युवक गत चैत्र १६ गते अगाडी दिल्लीबाट फर्किएका थिए । ती युवकलाई कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिए पनि कोरोना रिर्पोट भने पोजेटिभ आएको छ ।

उनी गत चैत्र १६ गते मध्यरातमा रातमा घर आइपुगेको र घरमा आउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरी उनलाई १७ गते बिहान क्वारेनटाइनमा राखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिएका छन् । दिल्लीबाट राती घर आएका ती युवकलाई परिवारका सदस्यले राती घर बाहिर नै राखेको गुप्ताको भनाइ छ ।

उनका अनुसार ती युवकसंग अन्य चार जना साथीहरु दिल्लीबाट भारतको मोतिहारीसम्म ट्रकमा र त्यसपछि हिडेरै रौतहट स्थित घरमा आइपुगेका थिए । उनीसँगै दिल्लीबाट आएका र क्वारेनटाइनमा राखिएका अन्य चार जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।

संक्रमित युवकको घरमा बुवा, आमा, श्रीमती, २ जना भाइ र १ बहिनी रहेको परिवार स्रोतले जनाएको छ । उनकी श्रीमती र छोरा भने भारतस्थित माइतमा रहेका छन् ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*