सिन्धुलीमा प्रशासनले लगायो तरकारी आयात प्रतिबन्ध
सिन्धुलीमा तरकारी, खाद्यान्न लगायत बस्तु आयातमा प्रतिबन्ध लगाइएको छ । तराईका विभिन्न जिल्लाबाट आयात हुँदै आएका फलफूल, तरकारी, माछामासु, अण्डालगायत बस्तु एक सातासम्म आयात तथा ढुवानीमा प्रतिबन्ध लगाएको हो।
जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय प्रदेश २ जिल्लामा कोरोना संक्रमित फेलापरेपछि संक्रमण फैलिन नदिनका लागि एक सातालाई आयात प्रतिबन्ध लगाईएको हो ।