नक्कली पास र बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित चारजना पक्राउ

नक्कली पास र बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सल्यानबाट एम्बुलेन्स चालक दाङका ३० वर्षीय गिरीराज खत्री, २९ वर्षीय मिनराज सुवेदी, २३ वर्षीय दिपु चौधरी र १८ वर्षीय रविन चौधरीलाई पक्राउ गरेको हो ।
सल्यानको बागचौर नगरपालिका– ५ बाङ्गेलाकुरीको इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले गएको चैत ३० गते जाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।