कारोनाबाट १ लाख २० हजारको बढिको मृत्यु, १९ लाख ३६ हजारबढी संक्रमित
विश्वलाई अहिले कोरोना भाइरसले आक्रान्त बनाएको छ । कोरोना भाइरसको महामारीले यतिबेला विश्वभर भयावह रुप लिइरहेको छ । कोरोना भाइरसको महामारीको प्रकोप तत्कालै नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन। भाइरसको. नियन्त्रणका लागि खोपको विकास बिना सम्भव नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको कारण हालसम्म विश्वभर १ लाख २० हजार ५ सय ३६ जना मानिसहरुको मृत्यु भइसकेको छ भने १९ लाख ३६ हजार ५ सय ६० जना संक्रमित रहेको तथ्याङ्क सावजनिक भएको छ ।
विश्वभरबाट हालसम्म ४ लाख ५८ हजार ९ सय ८७ जनाको सफल उपचार गरिएको छ ।
कोरोना भाइरसको महामरी चिनबाट यतिबेला युरोपेली राष्ट्र र अमेरिमा तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमण चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको थियो। पछिल्लो समय चीनमा कोरोनाको प्रकोप घटेको भनिए पनि पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन। चिनमा ८२ हजार २ सय ४९ जना कोरोना भाइरसबाट संक्रमित रहेकोमा ८९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरसबाट अमेरिकासंगै स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत र चीनमा सबै भन्दा बढि मानवीय क्षति भएको छ ।
अमेरिकामा अहिलेसम्म ५ लाख ८७ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण रहेकोमा आज मात्र थप २ सय ३२ जनामा संक्रमण देखिएको छ भने २३ हजार ६ सय ४४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना भाइरसको प्रकोप सबैभन्दा भयावह देखिएको छ। पछिल्ला केही सातामा अमेरिकामा कोरोनाको प्रकोप तीब्र गतिमा बढिरहेको छ।
युरोपेली राष्ट्र स्पेनमा पनि कोरोनाको महामारीले उग्र रुप लिएको छ। यतिबेला स्पेनमा १ लाख ७२ हजार ५ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १८ हजार ५६ जनाको मृत्यु भएको छ।
इटालीको अवस्था पनि डरलाग्दो छ। हालसम्म इटालीमा २० हजार ४ सय ६५ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने १ लाख ५९ हजार ५ सय १६ जना संक्रमित बनेका छन्।
फ्रान्समा पनि अवस्था भयावह छ । फ्रान्समा १४ हजार ९ सय ६७ जनाले कोरोनाबाट ज्यान गुमाएको छन् भने १ लाख ३६ हजार ७ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ।
जर्मनीमा संक्रमण दर उच्च देखिए पनि मृत्युदर भने अन्य राष्ट्रको तुलनामा कम छ। हालसम्म जर्मनीमा १ लाख ३० हजार ७२ जनामा संक्रमण देखिएको छ भने ३१ सय ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ।
बेलायतः पछिल्लो समय बेलायतमा कोरोनाको संक्रमण र मृत्युदर तीब्र गतिमा बढेको छ। हालसम्म बेलायतमा ११ हजार ३ सय २९ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ भने ८८ हजार ६ सय २१ जना संक्रमित बनेका छन्।