लकडाउनको अवज्ञा गर्ने सवारी प्रहरीको नियन्त्रणमा

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २३:२८
;

मकवानपुर प्रहरीले लकडाउनको अवज्ञा गरी संचालन गरेको ९८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको समयमा अवज्ञा गरेको भन्दै जिल्लाका विभिन्न ठाउाबाट ९८ वटा मोटरसाइकल र २ वटा साना सवारी नियनत्रणमा लिएको जनाएको छ ।

कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले गत चैत ११ गते देखि देशभर लकडाउन गरेको छ । मकवानपुरमा पनि लकडाउनलाई प्रभावकारी बनाउन बाक्लो मात्रामा प्रहरी परिचालन गरीएको छ । प्रहरीले प्रत्येक चोक चोकमा चेकजाँच गर्ने क्रममा लकडाउनको अवज्ञा गरी संचालनमा आएका सवारी नियन्त्रणमा लिने गरेको छ । 

प्रहरीले विभिन्न जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरु सहित ग्रामिण भेगबाट बजार छिर्ने मुख्य नाकाहरुमा पनि प्रहरीले सुरक्षा चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*