धदिङका २७ वर्षीय युवकमा र्यापिड टेष्टको रिर्पोट पोजेटिभ

धादिङका एक युवकमा र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ भेटिएको छ । ज्वालामुखी गाउँपालिकामा भएको कोरोना भाईरसको ¥यापिड टेष्टमा २७ वर्षिय युवकको रिर्पोट पोजेटिभ भेटिएको हो ।
दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किए उनी घरमा नै बस्दै आएका थिए । विदेशबाट आएका ३५ जनामा गाउँपालिकाले गरेको आरडिटी परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरियाबाट फर्किएको ४० दिन भन्दा बढी भएपछि उनलाई र्यापिड टेस्टमा पोजेटिभ देखिएको हो ।
अब उनको पोजेटिभ देखिएका उनको काठमाडौँ टेकुमा पीसीआर टेस्ट गर्न स्व़ाब पठाइएको छ ।