चट्याङ लागेर ७ वर्षीय बालिकाको मृत्यु

३ बैशाख २०७७, बुधबार १४:२७
दार्चुलामा चट्याङ लागेर ७ वर्षीय बालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाईते भएका छन् । शैल्यशिखर नगरपालिका– ६ तिखाधारका भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर खातीकी पत्नी सीता र छोरा राजेन्द्र सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
चट्याङले घर पूरै भत्किएको छ भने गोठमा रहेका गोरुगोरुसमेत मरेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।