राहत वितरणको विषयमा झडप हुँदा दुई प्रहरी घाइते

सर्लाहीमा राहत वितरणको विषयमा झडप हुँदा दुई प्रहरी घाइते भएका छन् । राहत वितरणको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयको एक समूहबीच झडप हुँदा दुई प्रहरी घाइते भएको हुन् ।
झडपल नियन्त्रणका लागि प्रहरीले दुई सेल अश्रँग्यास समेत प्रहार गर्नु परेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् ।
१सय ५० जनाको समूहले आफूहरुको नाम राहत पाउने लिष्टमा नभएको भन्दै वडाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाद गर्न आएका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरीमाथि ढुगाँमुढा प्रहार गरिएको थियो ।