रौतहटका कोरोना संक्रमित युवकको परिवारसहित ३९ जनाको रिर्पोट नेगेटिभ
रौतहटका कोरोना संक्रमित युवकको परिवारको सदस्यहरुको ¥यापिट डाइगोनिष्ट टेष्टमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको इशनाथ नगरपालिकाका स्थानिय १९ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरुको ¥यापिट डाइगोनिष्ट टेष्टबाट कोरोना परिक्षण गर्दा रिपोर्टमा नेगेटिभ आएको हो ।
संक्रमित युवकको परिवारका सदस्य १४ जना र युवक बसेका क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित ३९ जनाको टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।
प्रजिअ घिमिरेका अनुसार परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आउनु सुखद् पक्ष हो तर पनि सचेत रहनु पर्ने बताए । उनले जिल्लामा कोरोना संक्रमित देखिएसँगै प्रशासनले जिल्लाका विभिन्न स्थानहरुमा ¥यापिट टेष्ट गराउने तयारी गरेको बताए । उनले जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको भन्दै भारतसँग सिमा जोडिएका स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेर निगारानी बढाउने बताए ।
गत चैत्र २९ गतेसो क्वारेनटाइनमा रहेका ३० जनामध्ये २५ जनाको थ्रोट स्वाब नमूना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं पठाइएकोमा उनको मात्र कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना पोजेटिभ देखिनै बित्तिकै उनको सम्पूर्ण परिवारका सदस्यहरुलाई क्वारेनटाइनमा राखिएको प्रजिअ घमिरेले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमित देखिएपछि जिल्ला वासीहरुमा भने त्रास बढेको छ । उनीहरुले जिल्लामा भारतबाट लुकिछिपी आएका अन्य व्यक्तिहरु पनि भएको हुनसक्ने भन्दै स्थानिय प्रशासनलाई कडाइ साथ परिक्षण र खोजी माग गरेका छन् ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।