कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु
कोरोनाभाइरसका कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । कोरोनाबाट कास्की घर भएकी ३९ वर्षीय एक महिलाको मृत्यु भएको हो । बेलायतको सडवरी टाउनमा बस्दै आएकी ती महिलाको शनिवार कोरोनाका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि ती महिला आइसोलेसनमा बसेकी थिइन् । उनलाई श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना गरिए पनि केहि घण्टामै मृत्यु भएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाका अनुसार जाँच गर्दा कोरोना संक्रमणबाट उनको मृत्यु भएको अस्पतालले पुष्टी गरेको जनाइएको छ ।