काठमाडौंमा लकडाउन कार्यान्वयनमा थप कडाइ

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार १६:०७
;

सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । काठमाडौंसमेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन कडाइ गरेको हो ।

देशका विभिन्न क्षेत्रबाट लकडाउन प्रभावकारी नभएको भनने खबर आइरहेकाले स्थानिय प्रशासनले अत्यावश्यक काम बिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। सरकारले संघिय राजधानी काठमाडौं प्रवेश गर्ने सबै नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइ रहेको छ। 

लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बाक्लो मात्रामा प्रहरी परिचालन गरी गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बताए। लकडाउन उलंघन गर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको उनले बताए ।

डिआईजी पोखरेलका अनुसार आज बुधबार बिहान मात्र लकडाउनको अवज्ञा गर्ने २ हजार ३८ जनालाई कारवाही स्वरूप ३ घण्टा सडकमा नै होल्ड गरिएको बताए । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान सुरु गरेको उनको भनाई छ। 

उपत्यकामा मात्र अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी सडकमा परिचालन गरिएको डिआईजी पोखरेल बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*