मृत्यु संस्कारमा सहभागी हुने बाहेक अन्य प्रयोजनको लागि पास नपाईने

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २०:०३
;

सवारी पासको अत्यधिक मागले लकडाउन उल्लंघन हुने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित निर्णय गरेको छ ।

लकडाउन प्रभावकारी पार्न आज बुधबार (वैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको हो । अत्यावश्यकीय कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

लकडाउनमा अत्यावश्यकीय सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट उसले अनलाइनमार्फत ई–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*